गृहपृष्ठ खबर भोलिदेखि बाणगंगामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुदै

भोलिदेखि बाणगंगामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुदै

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन २३ गते अर्थात भोलिदेखि फागुन २७ गतेसम्म संचालन हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । प्रतियोगितामा बाणगंगा नगरपालिकाभित्रका ११ ओटा वडाबाट नै प्रतिनिधित्व हुने १/१ टिमको सहभागिता रहने छ ।

स्थानीय स्तरका खेलाडीहरुको प्रतिभा प्रस्फुटन तथा खेलाडीको खेल सिप थप विकास होस् भन्ने उद्देश्यका साथ खेल आयोजना गर्न लागिएको बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभएको छ । नगर प्रमुख थारुले स्थानीय स्तरका खेलाडी स्थानीय स्तरमा मात्र सिमित नभएर राष्ट्रिय स्तरका खेलाडी बन्नका लागी समेत यस प्रतियोगिताले प्रत्साहन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सम्पूर्ण वडाबाट प्रतिनिधित्व गर्ने खेलाडिहरुलाई अनुशासित र मर्यादित ढङगले खेल प्रतिभा प्रस्तुत गर्न जनप्रतिनिधिले सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रतियोगिताको बिजेता,उपबिजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः ९० हजार, ६० हजार र १५/१५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित् समाचार