गृहपृष्ठ खबर कपिलवस्तु कांग्रेसको प्रवक्ताको जिम्मेवारी मिश्रलाई

कपिलवस्तु कांग्रेसको प्रवक्ताको जिम्मेवारी मिश्रलाई

कपिलवस्तु : विरेन्द्र प्रसाद मिश्रले कपिलवस्तु कांग्रेसको प्रबक्ताको जिम्मेवारी पाउनु भएको छ । नेपाली काग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्य विरेन्द्र प्रसाद मिश्रलाई पार्टी प्रवक्तामा मनोेनित गरेको हो । काग्रेसको नियमावली २०७६को परिच्छेद १८ को धारा ६३ बमोजिम प्रवक्तामा मानोनित गरिएको पार्टी सभापती सुरेन्द्रराज आचार्यले बताउनुभयो ।

नेपाली काग्रेसलाई एकताबद्ध एवम् सु संगठित रुपमा परिचालन गर्ने जिम्मेवारी प्रदान गरिएकोले उक्त जिम्मेवारीलाई पुर्ण रुपमा निर्वाह गर्ने मिश्रले प्रतिकृया दिनुभयो । मिश्रा राजनैतिक इमान र ब्यक्तिगत बचनमा अविचलित रहने स्वभावका मानिनु हुन्छ ।

सम्बन्धित् समाचार