कपिलबस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० चेतरादेईस्थित सनसाईन समाजिक विकास संस्थाले कपिलवस्तु अस्पतालका बिरामीहरुको स्वास्थ्य सहयोगको लागि १ लाख ११ हजार रुपैयाको चेक हस्तान्तरण गरेको छ । कपिलवस्तुमा अन्य जिल्लाहरुको तुलनामा पछिल्लो चरणमा कोरोनाको संक्रमण दर र मृत्यु दर तेजिलो गतिले बृद्धिभईरहदा अस्पतालमा अक्शिजन र बेडको अभावमा मानिसहरुको मृत्यु दर बढीरहेको छ ।
यसै बेला सनशाइृन सामाजिक बिकास संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेको छ ।
संस्थाका अध्यक्ष राम सेवक यादवले कपिलवस्तु अस्पतालका नि। मेसु डाक्टर गणेश क्षेत्री र ब्यवस्थापक रत्नाकर शुक्ला लाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।
संस्थाको सानो सहयोगले पनि मिरामीहरुको घाउमा मलम लगाउन सकिने आशा संस्थाका अध्यक्ष राम सेवक यादवले गर्नु भएको छ । त्यसै गरि डा. गणेश क्षेत्रीले यस महामारीको बेला संस्थाले बिरामीहरुको स्वस्थ्य उपचारमा सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।







