गृहपृष्ठ खबर रोटरी क्लब अफ दाङद्धारा अटो एम्बुलेन्स सञ्चालनमा

रोटरी क्लब अफ दाङद्धारा अटो एम्बुलेन्स सञ्चालनमा

दाङ : रोटरी क्लब अफ दाङले बिरामीलाई लकडाउनको समयमा सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डाक्टर चेतनारायन पाण्डेले जानकारी दिनुभयो ।

एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएका अटोको एक वर्षका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । ५ वटा अटोलाई एम्बुलेनसका रुपमा थप्ने योजना रहेको क्लबका अध्यक्ष डा पाण्डेले जानकारी दिनुभयो ।

क्लबको कोभिड राहत कोषका संयोजक मीनराज भाटले अटो एम्बुलेन्सका साथै रोटरीमार्फत् ५ जना डाक्टरले सामाजिक सञ्जालमार्फत् कारोना सम्बन्धी परामर्श प्रदान गरिहेको जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार