काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका २३ एमाले सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
पार्टी महासचिव इश्वर पोखरेलले बैठकमा दुई दिनभित्र हस्ताक्षर फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन निर्देशन दिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।








