गृहपृष्ठ खबर धेरैपछि बालुवाटारमा मिले ओली र वामदेवका हात (तस्बिरहरु)

धेरैपछि बालुवाटारमा मिले ओली र वामदेवका हात (तस्बिरहरु)

काठमाडौं : कोभिड-१९ महामारी नेपालमा पनि फैलिएसँगै अभिवादनमा हात मिलाउने ९ह्याण्डसेक० प्रचलन तोडेर नमस्कारको संस्कृति देशभर पुनःस्थापित भइरहेको छ । तर कहिलेकहीँ पुनर्मिलनको अवसरमा कसिला हात मिल्ने रहेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा भाग लिन पुगेका उपाध्यक्ष वामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओलीले कसिलो हात मिलाएर स्वागत गरे ।

२०७७ पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेसँगै नेकपा विभाजन भयो र विभाजित नेकपाको दुवै पक्षमा नलागेका गौतम त्यसयता एमालेका बैठकमा पनि सहभागी थिएनन् । बेला-बेला बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका गौतम एकपटक संसदीय दलको बैठकमा सहभागी थिए ।

एमाले केन्द्रीय कमिटीको बैठकमा सबै नेतालाई २०७५ जेठ २ अघिका पदाधिकारी हैसियतमै बोलाइएको थियो । तर माधव नेपाल पक्ष सहभागी भएन ।

सम्बन्धित् समाचार