गृहपृष्ठ अर्थ/वाणिज्य सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बुधबार पनि वृद्धि भएको छ । छापावाल सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढाएको छ । प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको थियो । बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भन्दा १० रुपैयाँ घटेको चाँदी १ हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित् समाचार