काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको बताउनुभएको छ । एक अन्तर्वार्तामा अध्यक्ष ओलीले एमाले विभाजन भइ चोइटिएको वा टुक्रिएको बताउनुभयो ।
५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो । प्रदेश–प्रदेशमा पार्टीभित्र अन्तर्विरोध गर्दै विश्वासको मत नदिने, एमालेको सरकार भत्काउने अवस्था आउँदा–आउँदै आफूले कारबाही नगरेको स्मरण गर्दै ओलीले आफूले एमाले जोगाउन भरमार प्रयास गरेको जिकिर गर्नुभयो ।
माधवकुमार नेपाललाई अर्घेल्याइँ गर्नु भएकाले मभित्र दम्भ देखेको आरोप उहाँको टिप्पणी छ । पार्टीभित्र र बाहिर पार्टीलाई घात गर्ने काम नगरेको बताउँदै उहाँले आफूले सधैँ निष्ठाको कुरा गर्ने गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले माधव नेपाल आफैँले चाहेर एमालेबाट नछुटेको हुनसक्ने बताउनुभयो ।








