गृहपृष्ठ खबर भारतसँगको मैत्रीपूर्ण फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

भारतसँगको मैत्रीपूर्ण फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

काठमाडौं : भारतसँगको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी भएको छ । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।

पाँच हजार जनाको हाराहारीमा मात्रै भए पनि पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिने विषयमा प्रस्ताव राखेको एन्फाले जनाएको छ । तर, कोरोना महामारीको अवस्था अहिले भन्दा बढ्दै गएमा प्रस्तावमा पुनर्विचार हुने जनाइएको छ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भदौको १७ र २० गते भारतसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलीले अहिले पोखरामा अभ्यास गरिरहेको छ ।

सम्बन्धित् समाचार