काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा ९एमाले०मा नै रहेको प्रष्टीकरण दिएका छन्। गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
यस्तै‚ नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएका छन्।
एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम अहिलेसम्म एमालेमा नै रहेको प्रष्टीकरण दिइएको छ। अहिले भइरहेको सबैखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको पनि सचिवालयले जनाएको छ।








