काठमाडौं : नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतले मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ। नियमित कप्तान सुनिल क्षेत्रीलाई समेट्दै भारतले टोलीको घोषणा गरेको हो।
नेपाल र भारतबिच सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। दुबैटोली साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीमा छन्।
भारतीय टोलीले तयारीस्वरुप कोलकतामा मोहम्मेडन क्लबसँग खेलेको थियो। भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले अगाडिका खेलका लागि सतर्क हुनुपर्ने बताएका छन्।
‘दशदिनको अभ्यास गरेर हामीले धेरै अपेक्षा राख्न सकिँदैन। खुट्टाहरु अझै भारी छन्, खेलाडीहरुलाई रिफ्रेस गराउन आवश्यक छ,’ प्रशिक्षक स्टिमाकले भनेका छन्, ‘नेपालसँग हुन गइरहेको दुई खेलका लागि सतर्क हुन आवश्यक छ।’








