गृहपृष्ठ खबर मोरक्कोमा नयाँ प्रधानमन्त्री

मोरक्कोमा नयाँ प्रधानमन्त्री

मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। मोरक्कोका राजा मोहम्मद छैटौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन् ।

नेस्नल र्‍याली अफ इन्डेपेन्डेन्ट ९आरएनआई०का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारीसमेत राजाले दिएका छन्। यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरबारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ ।

निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएका अजिज अहिले ६१ वर्षको छन्। उनले सन् २००७ देखि २०१७ सम्म कृषिमन्त्रीका रूपमा काम गरेका थिए ।

सम्बन्धित् समाचार