कपिलवस्तु : बोनमेरो क्यान्सरबाट पीडीत एक बिपन्न किशोरीलाई एक लाख १ हजार सहयोग उपलब्ध गराइएको छ । कतात च्यारेटीको सहयोगमा लिडो नामक संस्थाले कपिलवस्तु नगरपालिकाका– २ सागरटोलकी १९ बर्षिया सबनम पाखियालाई सो रकम उपलब्ध गराएको हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामभजन कलवार, लिडाका सचिव मोहरत प्रसाद कुर्मी कोषाध्यक्ष वलीउद्दीन मुसलमानले सो रकम बराबरको चेक ती किशोरीलाई हस्तान्तरण गरेका थिए ।
३ बर्षको उमेर मै बोनमेरो क्यान्सरबाट पीडीत भएकी सबनम आर्थिक अभावमा उपचारबाट बंचित हुदै आएकी छिन ।








