गृहपृष्ठ कृषि बर्दियामा वर्षासहितको हावाहुरीले लाखौंको केराखेती नष्ट

बर्दियामा वर्षासहितको हावाहुरीले लाखौंको केराखेती नष्ट

बर्दिया : मंगलबार बिहान आएको हावाहुरीले जिल्लामा लाखौंको केराखेती नष्ट भएको छ । भारी वर्षासहित आएको हावाहुरीले राजापुर नगरपालिका–४को ७ विगाहामा लगाइएको केराखेतीमा झण्डै २ लाख बराबरको क्षति भएको कृषकले बताएका छन् ।

कोसा लाग्न लागेका, कोसा लागेका र निकाल्ने बेला भएको केराखेती हावाहुरीले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् । किसानले ४० प्रतिशत केरा खेतीमा क्षति भएको बताएका छन् ।

अन्नबालीको खेती छाडेर बैंकबाट ऋण लिइ लगाएको खेती पनि प्राकृतिक प्रकोपले क्षति पुर्याउँदा आफूहरूलाई चिन्ता बढेको किसान किरण खत्रीले बताउनुभयो ।

सम्बन्धित् समाचार