गृहपृष्ठ खबर अर्घाखाँचीमा आफ्नै घरमा आगो लगाउने ब्यक्ति पक्राउ

अर्घाखाँचीमा आफ्नै घरमा आगो लगाउने ब्यक्ति पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पुनले मादक पदार्थ सेवन गरी घरमा आगो लगाउँदा घर जलेर नष्ट भई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

पुनलाई ईलाका प्रहरी कार्यालय ठाडामा राखिएको र घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार