काठमाडौं : नेपालले चारदेश सम्मिलित टी २० सिरिज खेल्ने भएको छ। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा यो सिरिजलाई हेरिएको छ। नेपालले ओमनमा आयरल्याण्ड, युएई र ओमनसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १७ देखि २४ सम्म रहेको बताइएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।
आयरल्यान्ड, युएई, जर्मनी र बहराइन समूह ए मा छन्। समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउनेछन्।
ग्लोबल क्वालिफायर्स अघि नेपालले सिरिज खेल्नेछ। जसअन्तर्गत फेब्रुअरी ११ मा नेपाल र ओमन, फेब्रुअरी १२ मा नेपाल र युएई र फेब्रुअरी १४ मा नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। हाल १६ जना खेलाडी बन्द प्रशिक्षणमा छन्।








