गृहपृष्ठ Featured जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दियो विपन्न परिवारलाई ब्लाङ्केट

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दियो विपन्न परिवारलाई ब्लाङ्केट

कपिलवस्तु : पुसको दोस्रो सातादेखि लगातार चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरेको छ । आज बुधवार यशोधरा गाउँपालिकाको रङ्गपुर र मर्यादपुरमा १४ विपन्न परिवारलाई २८ थान चाईनिज ब्लाङ्केट वितरण गरिएको हो ।

जिल्ला भरका १९९ विपन्न परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । जिल्लाका २९ प्रहरी युनिट मार्फत अति विपन्न परिवारको नामावली संकलन गरी उक्त परिवारलाई सहयोग प्रदान गरिने उनले बताए । परिवार संख्याको आधारमा ब्लाङ्केट वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार परिवारमा दुई जना सदस्य भएमा १ थान र सो भन्दा बढी भएमा २ थान वितरण गरिने छ ।

स्थानीय सरकार तथा अन्य संघ संस्थाबाट सहयोगको दायरामा नपरेका परिवार ब्लाङ्केट पाए पछि खुसी भएका छन् । नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार चिसो तथा शितलहर प्रभावितलाई सहयोग गरिएको हो । कपिलवस्तुमा निरन्तर चिसो बढेपछि गरिब तथा विपन्न परिवार बढी प्रभावित भएका छन् ।

जिल्लामा चिसो बढेपछि केही स्थानीय तहले विपन्न परिवारलाई सिरक वितरण गर्दै आएका छन् ।

सम्बन्धित् समाचार