राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपा (एकीकृत समाजवादी) की गरिमा शाह, दलितमा नेकपा ९माओवादी केन्द्र०का जगतबहादुर पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका हुन् ।
महिला सदस्यमा निर्वाचित शाहले प्रदेश सभा सदस्यको ३९ र स्थानीय तहका जनप्रतिनिधिको एक सय नौ मत गरी कुल तीन हजार ८३४ मतभार प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ १२ र स्थानीय तहतर्फ ६४ मतसहित एक हजार ७२८ मतभार प्राप्त गरिन् । प्रदेश सभाको एक र स्थानीय तहको दुई मत बदर भए ।
दलित सदस्यका उम्मेदवार पार्की प्रदेश सभातर्फ ३९ र स्थानीय तहतर्फ एक सय पाँच मतसहित कुल तीन हजार ७६२ मतभारसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नरेशकुमार विश्वकर्माले प्रदेश सभाको १२ र स्थानीय तहको ६७ मत गरी एक हजार ७८२ मतभार प्राप्त गरे । दलित सदस्यमा प्रदेश सभाको एक र स्थानीय तहको तीन मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।








