गृहपृष्ठ Featured भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले गरे सासुको हत्या

भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले गरे सासुको हत्या

भारतमा श्रीमतीलाई माइती पक्षले नपठाएपछि ज्वाइँले सासुलाई बन्चरो प्रहार गरेर हत्या गरेका छन् । ज्वाइँ आफ्नी श्रीमतीलाई लिन ससुराली घरमा गएको र माइती पक्षले छोरीलाई पठाउन नमानेपछि झगडा बढ्दै जादाँ ज्वाइँले सासुलाई बन्चरोले टाउकोमा प्रहार गरेका थिए ।

यो घटना भारतको महाराष्ट्रको अमरावतीमा भएको हो । घटना भए लगतै परिवारले ती महिलालाई अस्पताल लगेका थिए । तर, महिलाको मृत्यु भइसकेको थियो ।

सासुको हत्या पश्चात आरोपी ज्वाई घटनास्थलबाट नै फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीको खोजी कार्य गरिरहेको छ ।

मृतकको परिवारले अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गर्न प्रहरी समक्ष अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार