वैखरी अनलाईन
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले अबको चुनावमा कांग्रेसले देशभर गठबन्धन बनाएर जान नहुने बताउनुभएको छ । चुनावमा कही कतै कसैसंग तालमेल गर्न सकिने तर देशभर नै गठबन्धन बनाएर जान नहुने महामन्त्री आचार्यको भनाई छ ।
नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अबको चुनावमा कांग्रेसले देशभर गठबन्धन बनाएर जान हुदैन् भन्ने पक्षमा म छु, कही कतै कसैसंग तालमेल गर्न सकिन्छ तर देशभर नै गठबन्धन बनाएर जानु हुदैन् ।’
अबको स्थानीय निर्वाचनमा सबै एकजुट भएर कांग्रेसका उम्मेद्वारलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।
बाणगंगा नगरपालिकालाई कम्युनिष्टले आफ्नो पकेट क्षेत्र मान्दै आएको तर विगतको चुनावमा आफुहरुले उनीहरुलाई हराउन सफल भएको उहाँले स्मरण गराउनुभयो । विपक्षीसंग चुनावी मैदानमा उत्रिन जाने समय आएको भन्दै महामन्त्री आचार्यले तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभएको छ ।








