गृहपृष्ठ Featured ब्राजिलमा बाढीका कारण २८ जनाको मृत्यु

ब्राजिलमा बाढीका कारण २८ जनाको मृत्यु

काठमाडौं : बाढीका कारण ब्राजिलमा मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको छ । त्यहाँका अधिकारीहरुले बताए अनुसार अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको छ ।

ब्राजिलमा गएका केही दिनदेखि बर्ष कायमै छ । बर्षापछि आएका बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो ।

यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ ।

केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

यहाँका अधिकारीहरुले केही स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेको बताएका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्‍याइरहेका बताइएको छ । उद्धारमा खटिएका अधिकारीहरुले अरु सात जना व्यक्ति हराइरहेका बताएका छन् ।

सम्बन्धित् समाचार