दाङ : दाङको तुलसीपुरबाट प्रहरीले अपहरणको अफवाह फैलाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ४ बस्ने ४० वर्षीय खिमबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गएराति १० बजे एकान्त होटेलमा रक्सी खाएको अवस्थामा चार जना व्यक्तिले अपहरण गरेर जंगलमा लगेको भनि प्रहरीलाई फोन गरेका थिए ।
यस उक्त आरोपमा वलीलाई तुलसीपुर–३ दमारगाँउबाट आइतबार बिहान ४ बजे पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको छ ।








