गृहपृष्ठ Featured पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि भएको छ। वडा नम्बर १५ र १७ मा स्थानीय व्यक्तिले घरमा पालेका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. गृष्म न्यौपानेले जानकारी दिए।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ पशु विकास अधिकृत डा. न्यौपानेका अनुसार पोखरा १५ का खुसीमान गुरुङको घरमा पालिएका र पोखरा १७ का खेमबहादुर क्षेत्रीको घरमा पालिएका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो।

उक्त क्षेत्रमा दैनिक कुखुरा मर्न थालेपछि ६ फागुनमा गुरुङले परीक्षणका लागि ल्याएको कुखुरा आरडिटी परीक्षणमा पजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा १५ फागुनमा बर्डफ्लु पुष्टि भएको हो। उनीसँगै क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो। उनको कुखुरामा समेत बर्डफ्लु पुष्टि भएको छ।

कुखुरा र हाँस पालेको ठूलो फर्ममा नभई किसानले आवासीय क्षेत्रमा घरमै पालेको कुखुरामा संक्रमण पुष्टि भएको र सतर्कता अपनाइएकाले ठूलो क्षेत्रको पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्नु नपर्ने बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत डा. न्यौपानेले जानकारी दिए।

सम्बन्धित् समाचार