गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा नेपालमै पहिलो पटक सबैभन्दा ठुलो गेट(बुर्ज खलिफा) बन्दै

कपिलवस्तु महोत्सवमा नेपालमै पहिलो पटक सबैभन्दा ठुलो गेट(बुर्ज खलिफा) बन्दै

वैखरी अनलाइन
१२ औँ कपिलवस्तु महोत्सवमा नेपालकै सबैभन्दा ठुलो गेट बन्ने भएको छ । करिव ४५ फुट अग्लो (बुर्ज खलिफा) महोत्सवको प्रवेशद्धारका रुपमा रहने आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंले जनाएको छ । नेपालमा लाग्ने महोत्सवमा नयाँपन दिने उदेश्यले आफुहरुले नेपालमै पहलिो पटक ठुलो लगानी प्रवेशद्धाराका रुपमा ब्रुज गलिफा बनाउन लागेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिए ।

दुवैमा रहेको सो भवनलाई जस्ताको त्यस्तै बनाउन अहिले भारतको चेन्नईबाट कामदारहरु आएर बनाउने काम अगाडी बढाएका छन ।

महोत्सवको आर्कषब बढाउन यस्तो बनाउन थालिएको पौडेलको भनाई छ । साथै महोत्सव स्थलभित्र बुद्ध, शिव र गुम्भाको मर्तिका साथै आर्कषक सेल्फी जाने समेत रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले वैखरी अनलाइनलाई बताए । महोत्सव सफल पार्न सबै सरोकारवालाले आआफनो ठाउबाट सहयोग गर्न समेत संयोजक घिमिरेले आग्रह गरेका छन ।
यसैबिच १० औँ कपिलवस्तु डान्स आइडलको पहिलो अडिशन यहीँ फागुन २८ गते शनिबार हुने भएको छ ।

चैत्र ३ गतेदेखि १३ गतेसम्म हुने कपिलवस्तु महोत्सवको बिशेष प्रस्तुतीको रुपमा रहेको कपिलवस्तु डान्स आइडलको अडिशन २८ गते बिहान ११ बजेबाट सघंकै सभाहलमा हुने डान्स आइडल संयोजक बिरेन्द्र खाणले जानकारी दिएका छन ।

इच्छुकले आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको कार्यालयमा सम्र्पक गर्न समेत संयोजक खाणले आग्रह गरेका छन । आइडलमा प्रथम हुनेले नगद रु १ लाख ११ हजार एक ११ मेडल र प्रमाण पत्र, द्धित्तिय हुनेले नगद रु ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृत्तिय हुनेले नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने सघंका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार