वैखरी अनलाईन : कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको आज उद्घाटन हुने भएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।
महोत्सवको सतप्रतिशत काम सम्पन्न भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले र महोत्सवको आज गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । जसका लागी गृहमन्त्री खाँण दिउँसो १ बजे महोत्सव स्थलमा आउँनु हुने छ ।
आज महोत्सवको उद्घाटन दिनमा सबैलाई निशुल्क प्रवेश दिईने आयोजकले जनाएको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।








