वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समापन गर्न पूर्वमन्त्री महेश बस्नेत कपिलवस्तु आईपुग्नु भएको छ । नेकपा एमालेका सांसद तथा युवा नेता बस्नेत भोलि आईतबार महोत्सवको समापन गर्न आज दिउँसो साढे १ बजे कपिलवस्तु आउनु भएको हो ।
पूर्वमन्त्री बस्नेत महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्न कपिलवस्तु आउनु भएको महोत्सवका निर्देशक समेत रहनुभएको कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले जानकारी दिनुभयो ।
समापन कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्ने तयारी भईरहेको उहाँको भनाई छ । महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री बाल कृष्ण खाँणले गर्नुभएको थियो । गृहमन्त्री खाँणले चैत्र ३ गते महोत्सवको उद्घाटन गर्नुभएको हो ।








