गृहपृष्ठ Featured काठमाडौंको किस्ट कलेजमा एसबीबीएस अध्ययनरत विद्यार्थी नै प्रवेश परीक्षाका नक्कली परीक्षार्थी

काठमाडौंको किस्ट कलेजमा एसबीबीएस अध्ययनरत विद्यार्थी नै प्रवेश परीक्षाका नक्कली परीक्षार्थी

काठमाडौं : काठमाडौंको किस्ट कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै अहिले जारी प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको पाइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानका क्रममा एमबीबीएस प्रथम र तेस्रो वर्षमा अध्ययरत विद्यार्थी नै नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेर सहभागी भएको पाइएको हो ।

महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नक्कली परीक्षार्थी बनेर सहभागी भएको आरोपमा पक्राउ परेकामध्ये अमर पण्डित र अनिकेत चौधरी एमबीबीएस प्रथम वर्षका विद्यार्थी हुन् । राम आशिष यादव चाहिँ एमबीबीएस तेस्रो वर्षका विद्यार्थी हुन् ।

विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये एकजना विद्यार्थी र अर्का भारतीय नागरिक पनि छन् ।

सम्बन्धित् समाचार