गृहपृष्ठ Featured ओलीको पार्टीले चुनाव जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा

ओलीको पार्टीले चुनाव जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा

धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए ।

उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव जीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भने, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’

उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिनेसमेत बताए ।

सम्बन्धित् समाचार