गृहपृष्ठ Featured गठबन्धन झाडीमा जन्मिएको हो : ओली

गठबन्धन झाडीमा जन्मिएको हो : ओली

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको टिप्पणी गरेका छन् । सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको बताए ।

‘यो झाडीमा जन्मिएको गठबन्धन हो, परमादेशबाट आएको गठबन्धन हो, कसले फालेको हो थाहा छैन’ उनले भने, ‘यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन ।’

उनले सत्तारुढ गठबन्धन देशकै कलंक भएको बताए । ओलीले वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्ने पनि बताए ।

सम्बन्धित् समाचार