गृहपृष्ठ Featured भरतपुर महानगरमा विजयको अग्रता कायमै

भरतपुर महानगरमा विजयको अग्रता कायमै

चितवन : भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको प्रारम्भिक अग्रता कायमै छ । १५० मत गणना हुँदा सुवेदीले ६६ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ५१ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् । नेपाली कांग्रेसले रेणुलाई समर्थन गरेपछि पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन् । अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाका हिमलाल गुरुङले ४५ मत पाएका छन् ।

सम्बन्धित् समाचार