गृहपृष्ठ Featured गठबन्धनलाई पराजित गर्दै दमक- ९ मा एमालेको प्यानल विजयी

गठबन्धनलाई पराजित गर्दै दमक- ९ मा एमालेको प्यानल विजयी

झापा : गठबन्धनलाई पराजित गर्दै झापाको दमक नगरपालिका ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ। कांग्रेस, माओवादी र राप्रपा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका दमकमा माओवादीका उम्मेदवार नगेन्द्रबहादुर घोर्साइलाई पराजित गर्दै एमालेका एमालेका कुबेर प्रसाद भट्टराई वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

भट्टराईले २१७२ मत ल्याउँदा घोर्साइले १५३७ मत प्राप्त गरे। त्यस्तै वडा सदस्यमा एमालेका नरेशकुमार सुनुवार १८५१ , नरेश बन्जरा १७९६ , महिला सदस्यमा लक्ष्मीदेवी बराल २१६१ र दलित महिला सदस्यमा रिना विश्वकर्मा २१०७ मत ल्याएर निर्वाचित भएका छन्।

सम्बन्धित् समाचार