गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाको मेयरमा जसपाका पौडेलले बढाए अग्रता

कपिलवस्तु नगरपालिकाको मेयरमा जसपाका पौडेलले बढाए अग्रता

कपिलवस्तु : बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनको कपिलवस्तु नगरपालिकामा मत गणना जारी छ। मंगलवार साँझ सम्मको मत गणना अनुसार जनता समाजवादी पार्टीबाट उमेद्धार बनेका सुदिप पौडेलको अग्रता कायमै छ। उहाँ आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयरका उमेद्धार डा राजेश गुप्ता भन्दा १९ सय ९६ मतले अगाडी देखिनु भएको छ।

मंगलवार साझको तथ्याङक अनुसार जसपाका उमेद्धार पौडेलले हाल सम्म ८ हजार ८ सय ९ मत पाउनु भएको छ भने एमालेका उमेद्धारले डा. गुप्ताले ६ हजार ८ सय १३ मत पाउनु भएको छ।

त्यस्तै कांग्रेसका उमेद्धार किरण सिंहले भने ५हजार २८ मत पाउनु भएको छ। उहाँ पौडेल र गुप्ता भन्दा क्रमशः ३हजार ७ सय ८१ र १ हजार ७ सय ८५ले पछाडी छोडिनु भएको छ।

सम्बन्धित् समाचार