गृहपृष्ठ Featured पश्चिम नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्ष दुबै एमालेको पोल्टामा

पश्चिम नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्ष दुबै एमालेको पोल्टामा

बुटवल : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेको पोल्टामा गएको छ। गाउँपालिका अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन्।

अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे।

चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरिन्। हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३४९ छ।

राय यसअघि गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष   दुबै कांग्रेस (अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो।

सम्बन्धित् समाचार