गृहपृष्ठ Featured पोखरा मेयरमा धनराज र उपमेयरमा एमालेकी मञ्जुदेवीको विजय सुनिश्चित

पोखरा मेयरमा धनराज र उपमेयरमा एमालेकी मञ्जुदेवीको विजय सुनिश्चित

पोखरा : पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको विजय सुनिश्चित भएको छ । कुल खसेको १ लाख ४३ हजार २२६ मतमध्ये धनराजले ५७ हजार ७२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा ९एमाले०का कृष्ण थापाले ५१ हजार ५८७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ ५९ हजार ७० मतसहित विजयी भएकी छन् । ३ हजार ८१५ मत गन्न बाँकी रहेको छ । यद्यपि, गन्न बाँकी मतभन्दा मतान्तर बढी भएकोले जित सुनिश्चित भएको हो ।

सम्बन्धित् समाचार