गृहपृष्ठ Featured प्यूठानको एक वडामा बुवाछोराको एउटैसंग प्रतिस्पर्धा : बुवाको हारलाई छोराले जिताए

प्यूठानको एक वडामा बुवाछोराको एउटैसंग प्रतिस्पर्धा : बुवाको हारलाई छोराले जिताए

प्यूठान : प्यूठानको एक वडामा ०७४ सालको स्थानीय तह निर्वाचनमा बुवाले चुनाव हारेका सोही उमेदवारसँग अहिले छोराले चुनाव जितेका छन् । झिमरुक गाउँपालिका–६ का राष्ट्रिय जनमोर्चाका निमानसिंह जिसीले एमालेका उम्मेदवार केशबहादुर पुनलाई ०७४ को निर्वाचनमा हराएका थिए। तर यसपटक जिसीसँगै एमालेका उम्मेदवार केश बहादुरका छोरा धन बहादुर पुन चुनाव लडे र जिसीलाई हराए। बुवाको हारलाई अहिले छोराले विजयमा परिणत गर्दै विजयी ¥यालीमा बुवाछोरासँगै हिडे।

बुवा ३ सय ४१ मतको अन्तरमा पराजय भएका थिएभने छोराले २ सय ३२ मत अन्तरले जिते। बुवाछोरासँगै चुनाव लडेका जिसीले विजयी ¥यालीमा आएका वडाध्यक्षसहितको टोलीलाई अविर र खादा लगाएर बधाई दिए। नवनिर्वाचित अध्यक्षसँगै आएका बुवालाई जिसीले भने,‘केशबहादुर जी पहिल्य त्यस्तै भयो। अहिले छोरालाई मैले भारी बिसाएको छुँ, राम्रो गर्नु म साथमा हुनेछु’ भनेर बधाई दिए।

आफूसँगै चुनाव लडेका बुवाछोरालाई आफ्नै घरमै बधाई दिएपछि जिसीलाई धेरैले राजनीतिक संस्कार भएको व्यक्तिको रुपमा चित्रण गरे। मच्छिदेखि आएको विजयी ¥यालीलाई स्वागत गरी बधाई दिनका लागि जिसी आफ्नो निवास अर्गेलीमा थालीमा टिका र खादा लिएर पर्खिरहेका थिए । नवनिर्वाचित ३१ वर्षिय पुनले १ हजार १ सय ३७ र जिसीले ९ सय ५ मत लिएका छन्। झिमरुका निर्वाचित वडाध्यक्षहरुमध्ये पुन यूवा अध्यक्ष हुन्। गाउँको विकासमा साझा धारणा बनाएर अघि बढ्ने पुनले प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार