गृहपृष्ठ Featured पिपरा अस्पतालको एम्बुलेन्स एक महिनादेखि विरामी !

पिपरा अस्पतालको एम्बुलेन्स एक महिनादेखि विरामी !

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिका- २ मा अवस्थित पिपरा अस्पतालमा एक महिनादेखि एम्बुलेन्स सेवा अवरुद्ध भएपछि स्थानीयले सास्ती खेप्नु परेको छ । अस्पतालमा रहेको एम्बलेन्स झन्डै एक महिना बढीदेखि विग्रीएर थन्किएको छ । अस्पतालमा एम्बुलेन्स सेवा प्रभावित हुदाँ समेत सरोकारवालाहरु मुख दर्शक बनेको स्थानीयको गुनासो छ ।

थप औषधी उपचारका लागी विरामीलाई कतै लैजानु परे अलपत्र हुनुपर्ने अवस्था रहेको अस्पतालमा आएका एक विरामीका आफन्तले गुनासो गरे । उनले भने, ‘ यस क्षेत्रको सेवा सुविधा सम्पन्न भनिने अस्पतालको यो गति छ। थप औषधी उपचारका लागी विरामीलाई कतै लैजानु परे अलपत्र हुनुपर्छ ।’

यस बारे डाक्टरहरुलाई सोध्दाँ आफुहरुले सरोकारवालाहरुलाई जानकारी गराएको तर कुनै गुनुवाई नभएको उत्तर आउने गरेको उनले सुनाए ।
यस सम्बन्धमा नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य लगायत सरोकारवालाहरुले समस्या समाधानमा चासो नदेखाएको बताईएको छ ।

सम्बन्धित् समाचार