गृहपृष्ठ Featured सासंद शाहले भने- निर्वाचनमा ‘असहयोग गर्‍यो’ भन्नु निराधार

सासंद शाहले भने- निर्वाचनमा ‘असहयोग गर्‍यो’ भन्नु निराधार

कपिलवस्तु : बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावको विषयलाई लिएर पार्टीका आधिकारिक उमेद्वारलाई असहयोग गरेको भनेर आफ्नो नाम जोडिन आएकोमा गम्भीर ध्यान आकर्षण भएको कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले भएको बताएका छन् । सांसद शाहले उक्त विषय बिल्कुलै निराधार पुर्वाग्रहि उक्त र कसैको इसारामा सुनियोजित ढंगले मलाई बदनाम गर्ने उद्देश्य साथै पार्टीप्रति मेरो निष्ठा इमान्दार लाई कमजोर बनाउने उदेश्यले गरिएको हो भनि जानकारी गराउन चाहेको उल्लेख गर्दै आम नेपाली कांग्रेसमा आस्था राख्ने व्यक्ति तथा जनमानसमा भ्रम सिर्जना गर्ने उदेश्यले श्रृजना गरिएको विषय हो भन्ने कुरा स्पष्ट रहेको बताएका छन् ।

शाहले स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाको विभिन्न वडा (१० न वडा, ७ न वडा, ६ न वडा) आफै व्यक्तिगत रुपमा गएर नेपाली कांग्रेसका अधिकारिक उमेद्वारलाई रुख चिन्नमा मतदान गरि विजयी गराउन सहयोग गरिदिन अपिल गरेको यहाँहरु सबैलाई अवगत नै छ । मेरो निर्वाचन क्षेत्रको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका अधिकारिक उमेद्वार मेरो काका रजत प्रताप शाह नगर प्रमुखको पदमा उठेको र मेरो यो क्षेत्र धेरै नै संवेदनशील रहेकोले र मेरो स्वस्थ अवस्था प्रतिकुल हुँदा हुँदै पनि टेलिफोन मार्फत सबैलाई शिवराजका मेयरका उमेद्वार  हुमाकान्त खनाललाइ सहयोग गरिदिन अनुरोध समेत गरको थिए नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उठेका केहि उमेद्वार र केहि व्यक्तिले आफ्नो पक्ष्यमा मात्र एकल भोट समेत मागेको र अन्य पार्टीका उमेद्वारको लागि भोट मागेको मलाई जानकारी आएको थियो र उक्त विषयमा पटक पटक मैले सचेत बनाएको पनि थिए ।

शिवराजको सन्दर्भमा हामीले हुमाकान्त खनाललाई बलियो उमेद्वार मानेका थियौ किनकि नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलामको निवास पनि सोहि पालिकाको चन्द्रौटामा रहेको छ र खनाल आफै पनि पार्टी उपसभापति रहेको अवस्था थियो साथै नेपाली कांग्रेसका जिल्ला प्रवक्ता इश्वरी पाण्डे, जिल्ला सदस्य हरि पोखरेल सोहि पालिकामा आफ्नो निवास रहेको थियो उहाँहरुको अथक प्रयास हुदा हुदै पनि पार्टीलाई यति दिग्गज व्यक्तिहरु रहंदा रहदै पनि ति व्यक्तिहरूकै क्षेत्रमा उहाँले जनताको विश्वासको मत प्राप्त गर्न सक्नु भएन । अन्त्यमा म माथि लगाईएको आरोप प्रमाणित गर्न म चुनौती दिन चाहन्छु अन्यथा कसैको इसारामा म जनताको सेवकमाथि तथानाम आरोप लागाउने जनतामाझ भ्रम फैलाउने उदेश्यले परिचालित व्यक्तिहरुमाथि पार्टीको विधान र नेपालको प्रचलित कानुन अनुसार कारवाही गर्न बाध्य हुने सांसद शाहद्वारा जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सम्बन्धित् समाचार