गृहपृष्ठ Featured मायादेवि गाउँपालिकाको बिकासले गति लिनेछ : अध्यक्ष मुसलमान

मायादेवि गाउँपालिकाको बिकासले गति लिनेछ : अध्यक्ष मुसलमान

अशोक पौडेल :कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिकाले बिकासमा गति लिने अध्यक्ष वलीउद्धीन मुसलमानले बताएका छन । गाउपालिकाको बिकास पछि परेको भएतापनि आफनो कार्यकालमा गाउपालिकाले बिकासमा गति लिने अध्यक्ष मुसलमानले बताएका हुन ।

वैखरी मिडिया प्रा.लीसगं कुराकानी गर्दै मुसलमानले गाउपालिकाभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, पुर्वाधार बिकास र पर्यटनका क्षेत्रमा प्राथमिकताका साथ बिकास गरीले बताए । शिक्षा क्षेत्रको बिकास बिना पालिकाको दिर्घकालिन बिकास नहुने उनको भनाई छ ।

पालिकाका हरेक सडकलाई तौलीहवा भैरहवा सडक खण्डसगं जोडीने बताए । साथै सुन्दर गाउपालिका निमार्णका लागी बिशेष सरसफाई अभियान चलाउने योजना रहेको उनले बताए ।

सम्बन्धित् समाचार