गृहपृष्ठ Featured आँबुखैरेनीमा सडक भासिएपछि यातायात अवरुद्ध

आँबुखैरेनीमा सडक भासिएपछि यातायात अवरुद्ध

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ साँखरस्थित ड्याम साइटमा सडक भासिदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याममा शुक्रबार बिहान भासिएको सडक ।

बिहीबारको अविरल वर्षाका कारण सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भासिएको सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त रूट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार