चितवन : शुक्रबार राति पहिरो खसेपछि दुईतर्फी रूपमै अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्डमा यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १स्३० बजेदेखि सवारी आवागमन खुलाइएको हो ।
इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा आएको पहिरो पन्छाइएपछि दुईतर्फी नै सवारी आवागमन सुरु भएको चितवन प्रहरीले जनाएको छ ।
टोपे खोलामा शुक्रबार राति ९ बजे पुन: पहिरो झर्दा बाटो अवरुद्ध भएको थियो। शुक्रबार बिहान पौने ९ बजेतिर सो ठाउँमा पहिरो जाँदा घण्टौं सवारी जाम भएको थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदा सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको छ ।








