गृहपृष्ठ Featured पूर्वी नवलपरासीमा खोलाले बगाएर एक वृद्धको मृत्यु

पूर्वी नवलपरासीमा खोलाले बगाएर एक वृद्धको मृत्यु

पूर्वी नवलपरासी : पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका(२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो ।

धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि रोपाइँ गर्न जाँदै गर्दा उनलाई बगाएको प्रहरीले जनाएको छ ।

उनी बिउ बोकेर एक्लै खोला तरेका थिए । बाढीमा परेका कारण उनलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित् समाचार