गृहपृष्ठ खबर दोहोरो सरकारी सुविधा लिँदै जनप्रतिनिधी

दोहोरो सरकारी सुविधा लिँदै जनप्रतिनिधी

सरकारको ऐन नियम अनुसार सरकारी सेवाबाट निवृत्त भएपछि अन्य कुनै लाभको पदमा तथा सरकारी तलव लिन नपाउने स्पष्ट प्रावधान छ । तर पाल्पाको तानसेन नगरपािलकाका प्रतिनिधीले भने दोहोरो सुविधा लिदै आएका छन् ।
स्रोतका अनुसार तानसेन नगरपालिकामा निर्वाचित केही जनप्रतिनिधीले नै दोहोरो सुविधा लिदै आएको रहस्य खुलेको हो । दोहोरो सुविधा लिनेमा शिक्षण पेशा र नेपाली सेनाबाट अवकाश प्राप्त गरी जनप्रतिनिधी बन्नेहरु छन् ।
दोहोरो सुविधा लिनेमा वडा नं. १० का वडा अध्यक्ष लोचन तिमिल्सेना उनी शिक्षण पेशाबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनले सरकारबाट प्राप्त हुने पेन्सन र वडा अध्यक्षको तलव लिदै आएका छन् । त्यसैगरि वडा ६ का सदस्य प्रशान्त मल्ल पनि शिक्षण पेशाबाट निवृत्त भएपनि वडा सदस्य वापतको नगरपालिका बाट सुविधा लिदै आएका छन् ।
नगरपालिकाको वडा नं. ६ सदस्य टिका थापा नेपाली सेनाबाट निवृत्त व्यक्ति हुन् । उनले पनि नगरपालिकाले वडा सदस्य वापतको सुविधा उपभोग गर्दै आएका छन् । नगरपालिका स्रोतका अनुसार गत आर्थिक वर्षबाट नै सुविधा लिदै आएको बुझिएको छ ।
नियमको पालनाका लागि त्यस्ता जनप्रतिनिधीले नैतिक आधारले एक ठाँउको मात्र सुविधा लिनुपर्ने भएपनि दोहोरो सुविधा लिनु लाजमर्दो भएको नगरका एक जनप्रतिनिधीले बताए । उनिहरुको बिषयमा नियमन अनुगमन गरी दोहोरो सुबिधा लिए नलिएको बारे अरु कुनै निकायले हेर्ने हो या नगरपालिकाले नै छानबीन गर्ने हो यो भने हेर्न बाँकी नै छ ।

सम्बन्धित् समाचार