गृहपृष्ठ Featured एसइई नतिजा अबको एकसातामा !

एसइई नतिजा अबको एकसातामा !

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन्। उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन्।

उनले भने,‘लगभग सबै प्रक्रिया सकिएको छ,यो महिना अन्तिममा नतिजा सार्वजनिक हुन्छ।’ एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।

बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

परीक्षा बोर्डले एसइईको नतिजा प्रकाशन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन माग गरिसकेको छ। बोर्डले सोमबार एक सूचना प्रकाशित गरी असार २६ गतेभित्र आवेदन दिन इच्छुक संघ संस्थाहरूलाई आग्रह गरेको हो ।

 

सम्बन्धित् समाचार