गृहपृष्ठ Featured बाणगंगा ८ चप्परगाउमा करेन्ट लागेर १ महिलाको मृत्यु

बाणगंगा ८ चप्परगाउमा करेन्ट लागेर १ महिलाको मृत्यु

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका  ८ चप्परगाउमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नुहाउने क्रममा धारामा जोडेको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा ४९ बर्षीय माया भाट क्षेत्रीको मृत्यु भएको हो ।

करेन्ट लाग्नासाथ कपिलवस्तु सामुदायिक अस्पताल लगीएको भएतापनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । उनका १ श्रीमान २ छोरा र एउटी बुहारी रहेकी छन ।

उनको बाणगंगास्थित लक्ष्मणघाटमा दाहसंस्कार गरीएको छ ।

सम्बन्धित् समाचार