गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुद्धारा बिपिको स्मृतिमा बृक्षरोपण

कांग्रेस कपिलवस्तुद्धारा बिपिको स्मृतिमा बृक्षरोपण

वैखरी अनलाइन, तौलीहवा

नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले बिपि कोइरालाको स्मृतिमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बिपि कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमा कांग्रेस कपिलवस्तुले बृक्षरोपण गरेको हो ।

कपिलवस्तु सदरमुकाम तौलीहवा पार्टी कार्यालय परिसरमा बिभिन्न प्रजातीका बिरुवा बृक्षरोपण गरीएको हो ।

जिल्ला कार्य समिति कपिलवस्तुका सभापति अब्दुल कलामको सभापतित्व तथा जिल्ला सचिव शक्ती सिहं ठकुरीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा पार्टीका जिल्ला नेताहरु टेक बहादुर शाही, गणेश बहादुर क्षेत्री, धुर्व नेपाल, सुर्य बराल तथा अन्य जिल्ला नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै जिल्ला सभापति अब्दुल कलाम तथा जिल्ला सचिव शक्ती सिहं ठकुरीले बिपिको बिचारलाई आत्मासाथ गर्दै अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित् समाचार