वैखरी अनलाइन , चार नः जितपुर
कपिलवस्तु जिल्लाको बाणगंगामा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन ।
बाणगंगा ४ गजेहडाको पेट्रोलपम्म नजिकै भएको दुर्घटनामा घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय पिपरा प्रहरीले जनाएको छ ।
तौलिहवा देखि चारनम्बर आउँदै गरेको लु २३ प ४३४९ नम्बरको मोटरसाइकल र लु ६४ प ९७९२ नम्बरको मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका वाणगंगा ४ ठाकुरापुरका निर्मल मल्लको अवस्था गम्भिर रहेकोले अहिले बुटबल लगिएको प्रहरीले जनाएको छ ।
अर्का घाइते कपिलवस्तु नगरपालिका ६ का विष्णु यादवको अवस्था सामान्य रहको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








