गृहपृष्ठ खबर बाणगंगाका अटेरी लेखा अधिकृत : सेवाग्राही भए दिक्क

बाणगंगाका अटेरी लेखा अधिकृत : सेवाग्राही भए दिक्क

कपिलवस्तु : बाणगंगा नगरपालिकाका लेखा अधिकृत केशवराज गैरेले सेवाग्राहीलाई अनावश्यक रुपमा दुःख दिने गरेको पाईएको छ । रकम भुक्तानीका लागी जादाँ उनले अनावश्यक रुपमा सेवाग्राहीलाई दुःख दिने गरेको पाईएको हो ।

१० मिनेटमा हुने कामको लागी हप्तौसम्म पनि धाएको एक सेवाग्राहीले गुनासो गरे । लेखा अधिकृत गैरेले एक फाईलमा भएको बिल मापदण्ड अनुसार मान्ने तर अर्कोमा सोही अनुसारको बिल आउँदा नमान्ने गरेको ती सेवाग्राहीको भनाई छ ।

‘लेखा अधिकृत सर अत्ति नै दुःख दिने र अटेरी स्वभावको हुनुहुन्छ । जान्ने बुझ्नेले ठूलो स्वरमा भने काम हुने तर सामान्य नागरिकको काम नहुने यो कस्तो प्रणाली हो ?’ ती सेवाग्राहीले भने ।

लेखा अधिकृत गैरे यहाँ सरुवा भएर आएदेखि नै सेवाग्राहीहरुले गुनासोहरु आफुहरुलाई दिनहुँ गर्ने गरेको नगरपालिकाकै एक कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । उनले विधिसम्मत हुने काम प्रमुख प्रशासकीय अधिकृत वा नगर प्रमुखल तोक लगाएर पठाउने गरेको भएता पनि हाकिम र मेयरलाई केही थाहा छैन, यो गर्न मिल्दैन् भन्दै फर्काउने गरेका छन् ।

नागरिकका हरेक फाइल झुलाउने पछि बार्गेनिङ गर्ने उनको बानी रहेको समेत खुल्न आएको छ । यसअघि उनी शिवराज नगरपालिकामा रहदाँ समेत सुरुमा दुख दिने र पछि पैसा पाएपछि काम गर्ने गरेको सेवाग्राही बताउँछन् ।

सम्बन्धित् समाचार