गृहपृष्ठ Featured बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको बुटवलमा सरुवा

बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको बुटवलमा सरुवा

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी सरुवा भएका छन् । पन्थी बुटवल उपमहानगरपालिकामा सरुवा भएका हुन् । पन्थी राजपत्रांकित दोस्रो श्रेणीका नेपाल सरकारका उपसचिव हुन् । पन्थी बाणगंगा नगरपालिकामा रहदाँ उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै चर्चा हुने गरेका थियो ।

पन्थी बाणगंगा नगरपालिकामै रहेर काम गर्न ईच्छिुक रहे पनि अन्य आन्तरिक कारणले आफै सरुवा भएको बुझिएको छ । नगरपालिकाकै कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतलाई दुःख दिने उद्देश्यका साथ अख्तियारमा उजुरी दिने समेत गर्ने गरेको खुल्न आएको छ । बाणगंगामा कुनै पनि प्रशासकिय अधिकृत एक बर्ष पनि टिक्न नसक्ने प्रवृति रहदै आएको छ । जसको मुख्य कारण यहाँको आन्तरिक विषय तथा काममा राजनिति हुने गरेको पाईएको छ ।

नगरपालिकामा नयाँ प्रमुख प्रशाकिय अधिकृत आउँदा विषयगत शाखा प्रमुखहरुले सिमित स्वार्थ पुरा गर्न विभिन्न मागहरु गर्ने र ती मागहरु पुरा नहुदाँ जनप्रतिनिधिहरुसंग लागेर दोहोरी चरित्र देखाउने गरेको यस अघिका एक प्रमुख प्रशासकिय अधिकृतले वैखरी अनलाईनलाई नाम नखुलाउने सर्तमा बताए ।

उनी बुटवलबाट दैनिक रुपमा ओहोर दोहोर गर्थे । इन्थन खर्च बढी भएको भन्दै उनलाइ कर्मचारिबाटै आन्तरिक रुपमा बिरोध गर्दै आएका थिए । नगरपालिकाभित्र कर्मचारीले लेखा अधिकृतसंग मिलेर दोहोरो सुबिधा लिएर बर्सेनि लाखौ रुपैयाँ अनावश्यक खर्च समेत हुँदै आएको छ ।
पन्थीले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा प्रशंसा कमाएर उनले आफ्नो बेग्लै छवि बनाएका छन् । पन्थी बुटवल लक्ष्मीनगर निवासी हुन् ।

सम्बन्धित् समाचार