दाङ : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन्। कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका हुन्।
असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।








