गृहपृष्ठ Featured यू–२० एसियन कप छनोटका लागि प्रारम्भिक टिमको घोषणा

यू–२० एसियन कप छनोटका लागि प्रारम्भिक टिमको घोषणा

काठमाडौं : नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार एसियन कप छनोट प्रतियोगिताका लागि प्रारम्भिक २५ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि नेपाली टोलीले एन्फा मुख्यालयको मैदानमा प्रशिक्षण गरिरहेको छ । १० सेप्टेम्बरदेखि १८ सम्म हुने प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले कतार, आयोजक बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

१० सेप्टेम्बरमा भुटानविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्ने नेपालले दोस्रो खेलमा कतारविरुद्ध १२ सेप्टेम्बरमा खेल्नेछ । बहराइनसँग १४ सेप्टेम्बरमा खेल्ने नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग १८ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल युवा टोलीले यसअघि भारतमा सम्पन्न यू–२० साफ च्याम्पियनसिप खेलेको थियो । राउन्ड रोबिन लिग पद्धतिमा खेलाइएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा माल्दिभ्सलाई २–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपाल लिग चरणबाटै बाहिरिएको थियो ।

नेपाली टोली :
गोलकिपर :
 ईश्वर गुरुङ, युनेश चौधरी, जियारत शेख, टोपबहादुर राना ।
रक्षक : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइवा, जान तमली, शेखर खवास, स्यान्सु भुसाल, राज थोकर ।
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा ।
फरवार्ड : निराजन मल्ल, रोहन खड्की ।

सम्बन्धित् समाचार